नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रोल्पा

  • वार्षिक प्रगति प्रतिवेदन २०७४-५-५

    सूचनाकाे हकसम्बन्धी एेन,२०६४ काे दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ काे नियम ३ बमोजिम आ‍.व. २०७३।०७४ मा सार्वजनिक गरिएको सम्पादित प्रमुख कार्यहरुको विवरण ।  

  • घुम्ति सेवा सञ्चालन सम्पन्न २०७४-४-३०

    मिति २०७४ श्रावण २२ गते देखि २४ गते रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा घुम्ति सेवा सञ्चालन गरी १२० नेपाली नागरिकता वितरण भएको थियो । मिति २०७४ श्रावण २५ गते देखी २८ गतेसम्म लुङग्री गाउँपालिकाको केन्द्र किलाचौरमा सञ्चालन भएको घुम्ति सेवाबाट ४८८ नेपाली नागरिकता वितरण गरिएको थियो । साथै मिति २०७४ श्रावण २८ गते देखी ३० गतेसम्म दुईखोली गाउँपालिकाको केन्द्र राङकोटमा सञ्चालन गरिएको घुम्ति सेवाबाट ३६१ नेपाली नागरिकता वितरण गरिएको थियो । उल्लेखित घुम्ति सेवा सञ्चालनबाट जम्मा ९६९ जनालाई नेपाली नागरिकता वितरण गरिएको छ ।

  • जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक र निर्णयहरु २०७४-४-३२

    मिति २०७४ श्रावन ३२ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई ज्यूको अध्यक्षतामा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसी देहाय बमोजिमको निर्णय गरियो ।  निर्णयहरु १. तराईका विभिन्न जिल्लामा बाढीपहिरोजन्य घटनाले हुनगएको मानवीय तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्ने र घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो । तराई २. जिल्ला बाढी पहिरो लगायत प्रकोप जन्य घटनाका कारण हालसम्म कुनै पनि गम्भिर प्रकृतिका घटनाहरु नघटेको र घटना घट्न सक्ने तर्फ सचेत र सजग भई जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बमोजिम आ–आफ्नो भूमिकामा क्रियाशील हुने र राहत उद्धार तथा…

  • राहत रकम प्राप्त गर्नेहरुको नामावली सम्बन्धी सूचना २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा मृत्यू भई निजका नजिकका हकदारले रु ५ लाख पाइसेकेका र यस अा.व. २०७३/०७४ मा रु. ५ लाख पाउने  मृतक र निजका नजिकका हकदारहरुको विवरण  तलकाे सूचना बक्समा PDF File उपलब्ध छ Downlod गरी जानकारी लिनुहोला ।   

  • राहत रकम वितरण सम्बन्धि अत्यन्त जरुरी सूचना २०७४-३-१८

    शसस्त्र द्वन्द्वको क्रममा मृतक र वेपत्ता भएका व्यक्तिको नजिकको हकदारले विगत आ‌.व.हरुमा रु.५ लाख राहत पाईसकेका र यहि आ.व. २०७३।०७४ मा थप रु. ५ लाख राहत वितरण गर्ने व्यवस्था भए बमोजिम तपसिल बमोजिमको कागजात सहित २०७४ साल असार २७ गते भित्र जिल्ला प्रशासन कार्यालय रोल्पामा नेवेदन दिनुहुन अनुरोध । अन्यथा रकम उपलब्ध गराउन सकिने छैन ।  आवश्यक कागजातहरु    १. मृतककाे हकवालकाे नागरिकताकाे प्रमाण पत्रको प्रतिलिपि । २. नाबालकको हकमा जन्मदर्ताको प्रमाण पत्र र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि । ३. मृतकको मृत्यूदर्ता प्रमाण पत्रको प्रतिलिपि । ४. मृतक तथा वेपत्ता व्यक्ति वीचको नाताप्रमाणित प्रतिलिपि । ५. संबन्धित न.पा.।गा.पा.को सिफारिस पत्र…

  • Mobile Apps सन्चालन गरिएको सम्बन्धी सूचना --

    जिल्ला प्रशासन कार्यालय रोल्लाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुको जानकारीको लागि Mobile Apps निर्माण गरी संचालनमा ल्याएको व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारी गराईन्छ । साथै तपाईको मोबाईलको Play Store बाट जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा निर्मित DAO ROLPA नामको Mobile Apps  डाउनलोड गरी यस कार्यालयबाट हुने सम्पूर्ण सेवा प्रवाहहरुको जानकरी प्राप्त गर्नुहोस् ।  

  • राहदानी आईपुगेको सम्बन्धी सूचना --

    मिति २०७४ श्रावण २६  गतेसम्म यस कार्यालयमा एम.आर.पी. राहदानीका लागि आवेदन फारम बुझाउनु हुने आवेदकहरुको केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई आएको हुँदा आवेदक कर्ता स्वयं राजश्व तिरेको भौचर, सक्कलै नागरिकताको प्रमाण पत्र र पुरानो राहदानी हुनेहरुले सो समेत अनिवार्य साथमा लिई जिल्ला प्रशासन कार्यालय रोल्पाको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन सुचित गरिन्छ ।

  • घुम्ति सेवा सन्चालन स्थगित गरिएको सूचना! --

    जिल्ला प्रशासन कार्यालय रोल्पाले २०७४ श्रावन ३१ र ३२ गते रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको दहवनमा घुम्ति सेवा सन्चालन गरी नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने भनिएकोमा  जिल्लामा वर्षाका कारण मौसम प्रतिकुल भई घुम्ति सेवा सन्चालत गर्न कठिनाई भएकोले उक्त घुम्ति सेवा सन्चालन स्थगित गरिएको व्यहोरा  जानकारी गराईन्छ । 

  • वेपत्ता व्यक्तिहरुको नामावाली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको नामावाली PDF File मा उपलब्ध छ Download गरी जानकारी लिनुहोला ।

  • बिस्थापित व्यक्ति परिवारको नामावाली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा बाध्नायात्मक अवस्वथाले अान्तिरकरुपमा बिस्थापित व्यक्ति परिवारको नामावली  PDF फाईलमा उपलब्ध छ Download गरी जानकारी  लिनुहोला । 

  • अा.व.२०७३/७४ मा राहत प्राप्त गर्नेहरुको नामावली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा मृत्यू भई  विगत वर्षमा ५ लाख पाईसकेका र यस आ.व.२०७३/०७४  असार मशान्त भित्र रु‍. ५ लाख पाउने मृतक र निजका नजिकका हकदारहरुको नामावली  PDF फाईलमा उपलब्ध छ Download गरी जानकारी  लिनुहोला । 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय