६९ राष्ट्रिय प्रजानन्त्र दिवस २०७५ फागुन ७ गते
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको निर्णय अनुसार २०७५ फागुन ६, ७ र ८ गते भव्य रुपमा मनाउने कार्यक्रम अनुसार २०७५ फागुन ७ गते प्रभातफेरी कार्यक्रम आयोजना गरियो । जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु, पत्रकार, राजनीतिक दल, सुरक्षा निकाय र गैर सरकारी संघ संस्था लगाएको उपस्थितिमा रोल्पाको टँडिखेल स्थित कर्मचारी मिलन केन्द्र नजिकबाट र्याली सुरु भई जिल्ला समन्वय समितिको नयाँहलमा पुगी औपचारिक कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक श्री राजबहादुर बुढाले गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी श्री गञ्जबहादुर एम.सी., जिल्ला समन्वय अधिकारी श्री दुर्गाप्रसाद पराजुली, खड्ग दल गणका प्रमुख सेनानी श्री अजय गुरुङ, रोल्पा न.पा.का मेयर श्री पुर्ण के.सी., नेपाली काग्रेसका का.वा. सभापति किशोर आचार्य समेतको उपस्थिती भएको थियो ।




