2075-11-08
2075-11-08
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको निर्णय अनुसार २०७५ फागुन ६, ७ र ८ गते भव्य रुपमा मनाउने कार्यक्रम अनुसार २०७५ फागुन ८ गते मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरियो । भलिबल खेलको सम्पूर्ण व्यवस्थापन र प्रायोजन रोल्पा उधोग वाण्जिय महासंघ रोल्पाले गरेको थियो भने सो खेलमा रोल्पा उधोग वाण्जिय महासंघ, पत्रकार महासंघ, रोल्पा जिज्ला स्थित राजनीतिक दल र निजामति कर्मचारी गरी ४ टिमको खेल भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख श्री राजबहादुर बुढा ज्यू र प्रमुख जिल्ला अधिकारी श्री गञ्जबहादुर एम.सी.ज्यूबाट भलिबल खेलको औपचारिक उट्घाटन भई खेलको सुरुवात गरिएको थियो ।




