कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिएको सूचना ।
२०७६-१२-०९
२०७६-१२-०९
प्रस्तुत विषयमा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण विश्वव्यापी बन्दै गरेको परिप्रेक्ष्यमा नेपाल सरकारको निर्णय बमोजिम यस कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी, सिफारिस लगायतका सेवाहरु मिति २०७६।१२।०९ गते देखि २०७६।१२।२१ गतेसम्म बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै अत्यावश्यक सेवा वाहेक अन्य सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि रोकिएको व्यहोरा जानकारी गराईन्छ ।


