Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाका परिचय

2075-10-03

2075-10-03


रोल्पा जिल्लाको परिचय 

             बि.सं.२०१८ साल पूर्व रोल्पा नामको जिल्ला अस्तित्वमा थिएन । तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको विजारोपण संगसंगै जिल्लाहरुको संरचना विभाजन र समायोजन गर्ने क्रममा प्यूठान र सल्यान जिल्ला अन्तर्गत रहेका केही भू–भागलाई मिलाएर एउटा छुट्टै जिल्ला घोषणा गर्ने कार्य भयो । त्यसपछि कोटमौला गा.वि.स.को रोल्पा भन्ने ठाउँ (उक्त गा.वि.स.२०३२ साल तिर सल्यान जिल्लामा मिलान गरीएको) को नामबाट रोल्पा जिल्ला भन्ने नाम रहन गई जिल्ला सदरमुकाम लिवाङमा स्थापित भयो ।

            यसरी रोल्पा जिल्ला छुट्टै रुपमा स्थापना भएतापनि केही वर्षसम्म सम्पूर्ण सरकारी कामकाज प्यूठान जिल्लाबाटै हुने गर्दथ्यो । रोल्पा जिल्लामा ५४ वटा गा.वि.स.(तत्कालिन गाउँ पञ्चायत) रहदै आएकोमा पुनः भौगोलिक संरचना गर्ने क्रममा २०३२/०३३ सालतिर रोल्पा जिल्ला अन्तर्गतका ढाकाडाम,  दमाचौर, कालागाउँ,  थारमारे,  कोटमौला लगायतका गा.वि.स.हरु सल्यान जिल्लामा र रोल्पा जिल्लाको खारा लगायतका गा.वि.स.हरुलाई रुकुम जिल्लामा मिलान गरिएको थियो भने प्यूठान जिल्ला अन्तरगत रहेका मसीना,  जौलिपोखरी,  घोडागाउँ,  खुंग्री तथा सल्यान जिल्लाका दुबिडाँडा,  सखी,  झेनाम,  नुवागाउँ,  जुँगार,  गैरीगाउँ,  बुढागाउँ, डुब्रीङ गा.वि.स.हरु रोल्पा जिल्लामा मिलान गरेपछि रोल्पा जिल्लामा ५१ वटा गा.वि.स.कायम हुन गएको हो ।

           हाल नेपालको संविद्यान, २०७२ लागू भै सकेपछि राज्य पुनर्संरचनाबाट १० वटा स्थानीय तह कायम भै ती सबै १० वटै पालिकाहरुमा ७२ वटा वडा कार्यालयहरु खडा गरिएका छन् । उक्त १० वटा पालिका मध्ये १ वटा रोल्पा नगरपालिका रहेको छ भने अरु ९ वटा गाउँपालिकाहरु क्रमशः सुनिल स्मृति गाउँपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, माडी गाउँपालका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिका रहेका छन ।

जिल्ला प्रशासन कार्यालय, रोल्पाको संक्षिप्त परिचयः 

            नेपालको संविधान, २०१९ बमोजिम नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासन विकेन्द्रीत प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ‌ऐन, २०२८ जारी गरी लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था बमोजिम यस जिल्ला प्रशासन कार्यालय, रोल्पको स्थापना भएको हो । हाल यस जिल्ला प्रशासन कार्यालयको कार्यालय रोल्पा नगरपालिका -४, लिबाङमा रहेको छ ।

       जिल्ला प्रशासन कार्यालय, रोल्पाले नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ ले निर्दिष्ट गरेको गृह प्रशासनको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको छ । जसमा संघ, प्रदेश र स्थानीय तह वीच समन्वय र सुरक्षा प्रवन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पतिको संरक्षण, जुवाजन्य क्रियाकलापको नियन्त्रण, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन, सरकारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने, संघ संस्था दर्ता तथा नवीकरण, विभिन्न व्यहोराको प्रमाणित लगायतका कार्यहरु सम्पादन गर्दै आएको छ । गृह प्रशासन अन्तर्गत श्रीमान सचिव ज्यू र प्रमुख जिल्ला अधिकारी वीच हुने कार्य सम्पादन सम्झौताले जिल्ला शान्ति सुरक्षा, अमनचयन तथा सेवा प्रवाहलाई व्यवस्थित गर्न थप उर्जा दिएको छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-03 16:29:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रोल्पा .